खराब मौसमका कारण केही उडान अवरुद्ध, विमानस्थलमा यात्रुको चाप

<span class='c1'>खराब मौसमका कारण केही उडान</span> <span class='c2'>अवरुद्ध, विमानस्थलमा यात्रुको चाप</span>

काठमाडौं । खराब मौसमका कारण हवाई उडान प्रभावित भएको छ । शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा उडान हुन सकेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार खराब मौसम र भिजिबिलिटी कमजोर भएका कारण शुक्रबार सुर्खेत, पोखरा, भरतपुर र लुक्लामा आन्तरिक उडान हुन सकेको छैन भने अन्य स्थानमा भने उडानमा समस्या छैन्।

नियमित भएका उडान पनि डिले भएका कारण यात्रुहरु अलपत्र परेका छन् । निरन्तरको वर्षा र धुम्म भएको वातावरणको कारण भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको हो । उडान अवरुद्ध हुँदा विमानस्थलमा यात्रुको चाप बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्