नेपाल र जापानबीचको खेल रद्द, नेपाल क्वाटरफाइनलमा

<span class='c1'>नेपाल र जापानबीचको खेल</span> <span class='c2'>रद्द, नेपाल क्वाटरफाइनलमा</span>

काठमाडौं । एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेटमा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल र आयोजक जापानबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल समूह ‘ए’को विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । वर्षाका कारण निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो सुरु भएको खेललाई १५ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा चार विकेट गुमाएर १४९ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप जोराले ३२ बलमा पाँच चौका र तीन छक्कासहित अविजित ५७ रन बनाए । त्यस्तै, लोकेश बमले २२ बलमा ६ छक्का र एक चौकाको मद्दतमा अविजित ५२ रनको योगदान दिए । ओपनर आसिफ शेखले २१ रन बनाए ।जापानका रियो साकुरानो थोमस, इब्राहिम ताकाहाशी, कुसुदा नारानी र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए ।

नेपालको इनिङ सकिएलगत्तै पुनः वर्षा सुरु भएपछि मैदानलाई कभरले ढाकिएको थियो । लगातार वर्षाका कारण जापानको इनिङ सुरु हुन सकेन र खेल रद्द गरिएको हो ।खेल रद्द भएसँगै नेपालले दुई खेलबाट तीन अंक जोडेको छ । समूह ‘ए’को शीर्ष स्थानमा रहँदै नेपाल क्वाटरफाइनलमा पुगेको हो । अब क्वाटरफाइनलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्