इलाम । लगातार केही दिनदेखिको झरीका कारण अस्तव्यस्त बनेको इलामको मौसम अहिले खुलेको छ । वर्षा रोकिएसँगै शनिबार इलाम सदरमुकामसहित आसपासका क्षेत्रमा टलटलापुर घाम लागेको छ । लामो समयसम्म परेको वर्षापछि खुलेको घामले इलाम बजार र आसपासका क्षेत्रको जनजीवनसमेत सामान्य बन्दै गएको छ । घाम लागेसँगै इलाम बजारसहित चियाबारी क्षेत्रको दृश्य झनै मनमोहक देखिएको छ ।
वर्षाले भिजेका हरिया चियाबारी, डाँडाकाँडा र खुलेको आकाशले इलामको प्राकृतिक सौन्दर्यलाई थप आकर्षक बनाएको छ । केही दिनदेखि लगातार वर्षाका कारण धुम्मिएको वातावरण घाम लागेसँगै खुलेपछि स्थानीयवासी तथा आगन्तुकले समेत खुलेको मौसमको आनन्द लिएका छन् ।

वर्षापछिको स्वच्छ वातावरणमा हरियालीले ढाकिएका चियाबारी र खुलेका डाँडाकाँडाको दृश्यले इलामको प्राकृतिक सुन्दरतामा थप रौनक ल्याएको छ । अहिले इलामको मौसम र चियाबारीको मनमोहक दृश्यले जो–कोहीको ध्यान खिचिरहेको छ ।