हिम्लुङ हिमालमा हिम पहिरो : चार जना मृत्यु भएको पुष्टि, ११ सकुशल

<span class='c1'>हिम्लुङ हिमालमा हिम पहिरो : चार</span> <span class='c2'>जना मृत्यु भएको पुष्टि, ११ सकुशल</span>

काठमाडौं । मनाङको हिम्लुङ हिमालमा आइतबार खसेको हिमपहिरोमा परी चार जनाको मृत्यु भएको पुष्टि भएको छ । सम्पर्कविहीन भएकाहरूको खोजी भने सोमबार बिहानैदेखि तीव्र पारिएको छ । मृत्यु भएकाहरु मध्ये दुई जनाको शव काठमाडौं ल्याइएको छ भने अन्य दुई जनाको शव मनाङको सदरमुकाममा ल्याइएको मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले जानकारी दिए ।

हिम पहिरोमा परेका भनिएका ११ जना सकुशल सदरमुकाम आइपुगेको भएपनि बेपत्ताको संख्या भने १० जनामाथि हुने अनुमान गरिएको खनालले जानकारी दिए । उद्धार टोली हेलिकोप्टरबाट सम्भावित क्षेत्रमा परिचालित भएको र सोमबार अपरान्हसम्ममा केही अपडेट दिन सकिने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी खनालका अनुसार सदरमुकामबाट सोमबार बिहान दुईवटा शव पोस्टमार्टमको लागि काठमाडौँको टिचिङ अस्पताल पठाइएको र दुई जनाको शव सदरमुकाममा राखिएको जानकारी दिए। बेस क्याम्प निर्माण, डोरी टाँग्नेसहितका कामका लागि गएका एक्सपोर्टेसन र हिमालयन होलिडेज कम्पनीका कामदार हिमपहिरोमा परेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्