विराटनगर असोज २० ,
विराटनगरमा आईएसएमटी कलेजको अक्टोबर २०२६ शैक्षिक सत्रका नयाँ विद्यार्थीका लागि स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विराटनगरस्थित ह्याप्पी आवर हेभेनमा आयोजित कार्यक्रममा नयाँ विद्यार्थीका साथै कलेजका शिक्षक तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, अध्ययन प्रणाली, पाठ्यक्रम तथा आगामी शैक्षिक यात्राबारे जानकारी दिँदै स्वागत गरिएको थियो।
आईएसएमटी कलेजले बेलायतको युनिभर्सिटी अफ सन्डरल्यान्डबाट प्रदान गरिने अन्तर्राष्ट्रियस्तरका बेलायती डिग्री कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजमा सूचना प्रविधि, व्यवस्थापन, पर्यटन तथा आतिथ्य सत्कार र साइबर सुरक्षासम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनमा छन्।
कार्यक्रमले नयाँ विद्यार्थीलाई कलेजको वातावरणसँग परिचित हुनुका साथै शिक्षक, कर्मचारी र सहपाठीसँग आत्मीय सम्बन्ध स्थापित गर्ने अवसर प्रदान गरेको कलेजले जनाएको छ।