विराट मेडिकल कलेजको बीएमसीटीएच ब्यास लिग सम्पन्न, १२औँ ब्याच विजेता

<span class='c1'>विराट मेडिकल कलेजको बीएमसीटीएच ब्यास</span> <span class='c2'>लिग सम्पन्न, १२औँ ब्याच विजेता</span>

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलको आयोजनामा सञ्चालन भएको ‘बीएमसीटीएच ब्यास लिग २०२६’ प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। अक्टोबर ३ देखि १० सम्म विराट स्पोर्ट्स जोनमा सञ्चालन भएको प्रतियोगितामा १२ वटा टिमले प्रतिस्पर्धा गरेका थिए। अस्पतालका चिकित्सक, कर्मचारी, प्यारामेडिक्स तथा नेपाल एसोसिएसन अफ अप्टोमेट्रिस्ट्स (एनएओ) का सदस्यहरूको सहभागिता रहेको प्रतियोगितामा कुल २७ वटा खेल सम्पन्न भएका थिए। प्रतियोगितामा १२औँ ब्याचले विजेताको उपाधि जित्न सफल भयो भने ९औँ ब्याच उपविजेतामा सीमित बन्यो।


प्रतियोगितामा कोशी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुली तथा विराट मेडिकल कलेज टिचिङ हस्पिटलका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्की लगायतको उपस्थिति रहेको थियो। प्रतियोगिताले अस्पतालका चिकित्सक, कर्मचारी, प्यारामेडिक्स तथा विभिन्न विभागमा कार्यरत सदस्यहरूबीच आपसी सद्भाव, एकता र सहकार्य अभिवृद्धि गर्नुका साथै खेलकुदप्रतिको उत्साह बढाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी टिम, विजेता तथा उपविजेता, अतिथिगण र सहयोगीप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ। साथै, विजेता तथा उपविजेता टिमलाई बधाईसमेत ज्ञापन गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्