विराटनगरका लालजी गुप्ता ह*त्यामा संलग्न मुख्य अभियुक्त सहित २ बालक पक्राउ

<span class='c1'>विराटनगरका लालजी गुप्ता ह*त्यामा संलग्न मुख्य</span> <span class='c2'>अभियुक्त सहित २ बालक पक्राउ</span>

विराटनगर । विराटनगर ६ मा विगत लामो समयदेखी ब्याट्री व्यापार गर्दै आएका ६९ वर्षीय लालजी प्रसाद गुप्ताको हत्याको पछाडी तार चोरीको आरोप लागेपछि उत्पन्न सामान्य विवादका कारण खुलेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले बुधबार पत्रकार सम्मेलन गरी गुप्ताको हत्यामा संलग्न मुख्य अभियुक्तसहित तीन जनालाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलम छन् । उनी महावीर चोकमा हार्डवेयरको गोदाम सञ्चालक हुन् । प्रहरीले शव व्यवस्थापन र ओसारपसारमा सघाएको आरोपमा १३ वर्षीय एक भारतीय र १६ वर्षीय एक नेपाली नाबालकलाई पनि नियन्त्रणमा लिएको सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले जानकारी दिए ।
भारतको वाराणसी स्थायी घर भई विगत चार दशकदेखि विराटनगरमा बस्दै आएका गुप्ताले धरान रोडमा ‘लाल ब्याट्री एण्ड सन्स ट्रेडर्स’ सञ्चालन गर्दै आएका थिए । कात्तिक ६ गते शुक्रबार दिउँसो करिब ३ बजे पसलबाट निस्किएका उनी त्यसपछि सम्पर्कविहीन बनेका थिए । त्यसको दुई दिनपछि अर्थात् कात्तिक ८ गते आइतबार बिहान सुनसरीको बर्जु गाउँपालिका–२ भीमपुरस्थित केशलिया खोलाको किनारमा उनको शव वेवारिसे अवस्थामा फेला परेको थियो ।

हत्याको पछाडी यस्तो रहस्य खुल्यो
प्रहरी अनुसन्धानका अनुसार हत्याको जरो केही दिनअघिको सामान्य विवादसँग जोडिएको सुनसरी प्रहरी प्रमुख एसपी मल्लले जानकारी दिए । विराटनगर–६ स्थित माता इलेक्ट्रिक वक्र्सबाट पानी तान्ने मोटरको तार आलमले चोरी गरेको भन्दै गुप्ताले बजारमा कुरा फैलाइदिएका थिए । आफूलाई ‘चोर’ भनेर हल्ला चलाएको भन्दै आलम गुप्तासँग आक्रोशित बनेका थिए । सोही रिसइबी साँध्न आलमले शुक्रबार दिउँसो गुप्तालाई आफ्नै घरमा बोलाएका थिए । घरभित्रै दुई जनाबीच भनाभन भएपछि आलमले फलामको ‘जीआई पाइप’ ले टाउकोमा प्रहार गरी गुप्ताको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

हत्यापछि शव लुकाउन आलमले दुई नाबालकको सहयोग लिएका थिए । उनीहरूले शवलाई कार्पेटमा पोको पारेर सुनसरीको केशलिया खोला किनार पुर्‍याएर फालेका थिए ।

कुकुर र प्राविधिक टोलीको सहयोगमा पक्राउ
शव भेटिएलगत्तै मोरङ र सुनसरी प्रहरीको संयुक्त टोलीले तालिमप्राप्त कुकुर के–नाइन र अपराधस्थल अनुसन्धान टोली (सोको) परिचालन गरेको थियो । प्राविधिक र भौतिक प्रमाण संकलनपछि प्रहरी कात्तिक १० गते साँझ अभियुक्त आलमसम्म पुग्न सफल भएको हो ।
प्रहरीले आलमको साथबाट हत्यामा प्रयोग गरिएको १ थान जीआई पाइप, मृतक गुप्ताको रेडमी कम्पनीको मोबाइल र शव ओसार्न प्रयोग गरिएको कार्पेट बरामद गरेको छ ।
पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्