प्लास्टिकका ब्यारियर तोडिएपछि विराटनगरको मुख्य राजमार्गमा फलामका ट्राइपोड राखियो

<span class='c1'>प्लास्टिकका ब्यारियर तोडिएपछि विराटनगरको मुख्य</span> <span class='c2'>राजमार्गमा फलामका ट्राइपोड राखियो</span>

सोनु साह,
विराटनगर । विराटनगरको मुख्य राजमार्गमा ट्राफिक प्रहरीले अनधिकृत रूपमा खोलिएका सडक क्रसिङ बन्द गर्न फलामका ट्राइपोड राखेर डोरी तानेको छ। प्लास्टिकका घेरा तोडेर सवारी चालकले जथाभावी बाटो काट्न थालेपछि ट्राफिक प्रहरीले फलामका ट्राइपोड प्रयोग गरेर क्रसिङ बन्द गर्न थालेको हो।


विराटनगरको कञ्चनबारीदेखि बसपार्कसम्म मुख्य राजमार्गमा रहेका अनधिकृत क्रसिङ बन्द गर्न यसअघि ट्राफिक प्रहरीले प्लास्टिकका ट्राफिक ब्यारियरले घेरा लगाएको थियो। तर, सवारी चालकले अधिकांश स्थानका घेरा तोडेर पुनः बाटो खोल्न थालेपछि अहिले फलामका ट्राइपोडमा डोरी बाँधेर क्रसिङ बन्द गरिएको छ। विशेषगरी बसपार्क र महेन्द्र चोकनजिकका क्रसिङमा फलामका ट्राइपोड राखेर बाटो बन्द गरिएको मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


मोरङ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सन्तोष न्यौपानेका अनुसार सडक पार गर्दा सामान्य सावधानीसमेत नअपनाउँदा दुर्घटनाको जोखिम बढिरहेको छ। पैदलयात्री र सवारी चालकले ट्राफिक नियमको पालना नगर्दा दुर्घटना न्यूनीकरणमा चुनौती थपिएको उनको भनाइ छ। उनले ट्राफिक बत्ती, जेब्रा क्रसिङ र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै जथाभावी खोलिएका क्रसिङ बन्द गर्ने अभियान सञ्चालन भइरहेको बताए। प्लास्टिकका घेरा नतोडिएको भए फलामका ट्राइपोड प्रयोग गर्नुपर्ने अवस्था नआउने उनको भनाइ छ।


सामान्य ट्राफिक नियमको पालना र सडक सुरक्षाप्रति नागरिकको सचेतना भए यस्ता क्रसिङ बन्द गर्नुपर्ने अवस्था नै नआउने प्रमुख न्यौपानेले बताए। राजमार्गमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न उपाय अपनाए पनि त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय बासिन्दा, पैदलयात्री र सवारी चालक स्वयं जिम्मेवार बन्नुपर्ने देखिन्छ। ट्राफिक नियमको पालना नगर्ने प्रवृत्ति कायम रहे सडक सुरक्षाको चुनौती यथावत् रहने देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्