विराटनगर महानगरपालिकाले नगर प्रहरी जवानको परीक्षा तालिका सार्वजनिक

<span class='c1'>विराटनगर महानगरपालिकाले नगर प्रहरी</span> <span class='c2'>जवानको परीक्षा तालिका सार्वजनिक</span>

विराटनगर । विराटनगर महानगरपालिकाले नगर प्रहरी जवान पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षाको मिति, समय र स्थान सार्वजनिक गरेको छ।

महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले शुक्रबार सूचना जारी गर्दै नगर प्रहरी जवान पदको पदपूर्तिका लागि सञ्चालन हुने परीक्षाको तालिका सार्वजनिक गरेको हो। सूचनाअनुसार प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा २०८३ कात्तिक १९ र २० गते सञ्चालन हुनेछ।

कात्तिक १९ गते रोल नम्बर १ देखि २०० सम्मका परीक्षार्थीको बिहान ७ बजेदेखि र रोल नम्बर २०१ देखि ४०० सम्मका परीक्षार्थीको दिउँसो १२ः३० बजेदेखि परीक्षा सञ्चालन हुनेछ। त्यस्तै, कात्तिक २० गते रोल नम्बर ४०१ देखि ६०० सम्मका परीक्षार्थीको बिहान ७ बजेदेखि र रोल नम्बर ६०१ देखि ८०० सम्मका परीक्षार्थीको दिउँसो १२ः३० बजेदेखि परीक्षा सञ्चालन गरिने सूचनामा उल्लेख छ।

परीक्षा विराटनगरस्थित कोशी प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन हुनेछ। महानगरपालिकाले परीक्षासम्बन्धी थप जानकारीका लागि कात्तिक १६ र १७ गते नगर कार्यपालिकाको कार्यालयस्थित नगर प्रहरी शाखामा सम्पर्क गर्न आग्रह गरेको छ। परीक्षामा सहभागी हुने उम्मेदवारले नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र र प्रवेशपत्र अनिवार्य रूपमा साथमा ल्याउनुपर्ने महानगरपालिकाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्