विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको अध्यक्षमा महाप्रसाद खतिवडा निर्वाचित भएका छन्। संस्थाको नयाँ नेतृत्व चयनका क्रममा अध्यक्ष पदमा मात्रै प्रतिस्पर्धा भएको थियो भने अन्य सबै पदमा उम्मेदवारहरू सर्वसम्मत भएका हुन्।
अध्यक्षमा निर्वाचित खतिवडाले ७३ मत प्राप्त गरेका हुन् भने उनका निकटतम प्रतिद्वन्दी धनकुमारी थापा (चिना)ले ३१ मत प्राप्त गरेकी हुन् । संस्थापक सदस्य हुँदै खतिवडा यस अगाडी कार्यसमितिका उपाध्यक्ष रहेका थिए । थापा भने कोषाध्यक्ष रहेकी थिइन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारहरूको अन्तिम नामावलीअनुसार उपाध्यक्षमा नेत्रप्रसाद अधिकारी, सचिवमा बाबुराम भण्डारी, कोषाध्यक्षमा तारा आचार्य तथा सदस्यहरूमा भोजराज घिमिरे, राजेश कुमार राजवंशी, दीपकबहादुर खड्का, पदमकुमार सरदार र उषाकुमारी सरदार सर्वसम्मत भएका छन्। त्यस्तै, लेखा समितिको संयोजकमा अविनाशकुमार निधि तथा सदस्यहरूमा पुष्पराज थपलिया र हरि अधिकारी सर्वसम्मत चयन भएका छन्।