इलाममा धारिलो हतियार प्रहारबाट एक युवक घाइते, घटनामा संलग्न तीन जना पक्राउ

<span class='c1'>इलाममा धारिलो हतियार प्रहारबाट एक युवक</span> <span class='c2'>घाइते, घटनामा संलग्न तीन जना पक्राउ</span>

इलाम जिल्लाको इलाम नगरपालिका–४, छ्यारछारेमा धारिलो हतियार प्रहारबाट एक ३२ वर्षीय युवक गम्भीर घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ।

कार्तिक १५ गते करिब ४:३० बजेको समयमा सोही स्थान बस्ने २२ वर्षीय सुजनबहादुर लोहार, २१ वर्षीय निश्चल सागर र १९ वर्षीय सुदीप लोहारले ३२ वर्षीय सुवास लोहारमाथि धारिलो हतियार प्रहार गरेका थिए। आक्रमणबाट घाइते भएका सुवासको गाला, टाउको र खुट्टामा गहिरो चोट लागेको छ।

घाइते सुवासलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इलाम लगिएको र हाल उनको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै धारिलो हतियार प्रहारमा संलग्न तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिई यस विषयमा थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्