विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १९, घेनाघाट निवासी ६३ वर्षीय प्रेमबहादुर रोक्का विगत केही वर्षदेखि घाँटीको क्यान्सरबाट पीडित छन्। आर्थिक अवस्था कमजोर हुँदा उनले आवश्यक उपचारसमेत गराउन सकेका छैनन्।
रोक्काको परिवारमा दुःखमाथि दुःख थपिएको छ। उनका छोरा पनि ब्रेन ट्युमरबाट पीडित छन्। वैदेशिक रोजगारीका क्रममा रहेका छोरालाई ब्रेन ट्युमर भएपछि नेपाल फर्किनुपरेको थियो। अहिले उनी बेरोजगार छन् भने आफ्नो उपचार गराउनसमेत आर्थिक अभाव झेलिरहेका छन्।
बुबा घाँटीको क्यान्सर र छोरा ब्रेन ट्युमरबाट पीडित भएपछि परिवारको अवस्था निकै दयनीय बनेको छ। आर्थिक अभावका कारण दुवै जनाको उपचार प्रभावित हुनुका साथै घरपरिवारको दैनिक गुजारा चलाउनसमेत कठिन भइरहेको छ। घाँटीको क्यान्सरका कारण प्रेमबहादुरलाई खाना खानसमेत समस्या हुने गरेको छ।
यस्तो कठिन परिस्थितिमा रहेका रोक्का परिवारले उपचार तथा दैनिक जीवनयापनका लागि स्थानीयवासी, बुद्धिजीवी, समाजसेवी तथा सम्पूर्ण विराटनगरवासीसँग आर्थिक सहयोगको अपिल गरेका छन्।
सानो सहयोगले पनि दुई बिरामीको जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने भएकाले मानवीय भावनाका साथ सहयोग गरिदिन परिवारले सबैमा आग्रह गरेको छ।
सहयोग तथा थप जानकारीका लागि सम्पर्क 9804049454
A/C :-03312500154016000001
