विराटनगर । मोरङको कानेपोखरीमा सहकारी संस्थाको कोल्ड स्टोरबाट १५ लाख ६० हजार रुपैयाँ मूल्य बराबरका सयपत्री फूलका माला सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस लक्ष्मीमार्गबाट खटिएको टोलीले कानेपोखरी गाउँपालिका–४, टावरटोलस्थित साना किसान बचत तथा सहकारी संस्थाको कोल्ड स्टोरबाट १०४ पोका माला बरामद गरेको हो।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर कोल्ड स्टोरमा भण्डारण गरिएको माला सशस्त्रले बरामद गरेको छ । योसँगै मोरङमाद ६० लाख मूल्यको माला बरामद गरेर नष्ट भइसक्यो । यस अगाडी विराटनगरका दुइ कोल्डस्टोरबाट २५ लाख, त्यसपछि इस्टर्न कोल्ड स्टोरबाट २३ लाख बरामद गरिएको थियो ।