सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरीस्थित होटलमा एक मजदुर सुतेकै ठाउँमा मृत भेटिएका छन्। बन्दीपुर गाउँपालिका १ नयाँ बस्ती तनहुँका प्रेम लामा सोलुदूधकुण्ड नगरपालिका ५ स्थित अनिशा होटलमा बसेका थिए। यहाँ सञ्चालित एक क्रसर उद्योगमा हिराबहादुर सुनारसँगै आएका लामा हिजोदेखि पेटसम्बन्धी समस्या आएको भन्दै आरम गरेका थिए। ४८ वर्षीय लामा आराम गरेकै ठाउँमा शनिबार दिउँसो १ बजे मृत भेटिएको प्रहरी नायब उपरीक्षक डिएसपी नारयणप्रसाद चिमरियाले जानकारी दिए। कात्तिक २९ गते मजदुरीको लागि सल्लेरी आई सोलुदूधकुण्ड नगरपालिका ५ को वडा कार्यालयसँगै रहेको होटलमा बस्दै आएका थिए। कानुनी प्रकृया पूरा गरी शवको पोष्टमार्टमका लागि ओखलढुंगा जिल्ला अस्पताल रूपजाटार पठाइएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार जिल्ला अस्पताल फाप्लुमा दरबन्दीका चिकित्सक नहुँदा पोष्टमाटर्मका लागि जिल्ला बाहिर पठाउँनु परेको हो।