दुहवीका पत्रकार रौनियार पक्राउ, मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुटेको आरोप

<span class='c1'>दुहवीका पत्रकार रौनियार पक्राउ, मादक पदार्थ</span> <span class='c2'>सेवन गरी एम्बुलेन्स चालक कुटेको आरोप</span>

सुनसरी मङ्सिर ९ ,

मादक पदार्थ सेवन गरी एम्बुलेन्स चालक कुट्ने सुनसरी दुहवीका पत्रकार चन्दन रौनियार पक्राउ परेका छन् । कुटपिटबाट घाइते भएका इटहरी ५ का गोपाल निरौलाको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरीक्षक प्रवीण कार्कीले रौनियार पक्राउ परेको पुष्टि गरे । चालकमाथि  कुटपिट भएको भएपछि बिहानैदेखि चालक प्रहरी कार्यालयमा भेला भएका थिए। एम्बुलेन्ससहित भेला भएका चालकले दोषीलाई कडा सजाएको माग गरेका छन् ।

पीडितको पक्षबाट एम्बुलेन्स चालक संघ मोरङका सदस्य मनोजकुमार सिवाकोटीले  प्रहरी कार्यालयमा उजुरी दर्ता गराएका छन् । 'एम्बुलेन्स चालकमाथि आक्रमण भएको छ । पेशागत सुरक्षामाथि प्रश्न उठेकाले दोषीलाई हदैसम्म कारवाहीका लागि माग गर्दछौं ,' उनले भने।

उजुरी परेपछि रौनियारलाई म्याद थपका लागि सोमबार जिल्ला अदालत इनरुवा लगिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए।-अन्नपुर्ण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्