विराटनगरमा ‘मारवाडी किड्स’ का प्रतियोगीले देखाए फरक – फरक प्रतिभा

विराटनगरमा ‘मारवाडी किड्स’ का प्रतियोगीले देखाए फरक – फरक प्रतिभा

विराटनगर, ९ मंसिर । विराटनगर स्थित जैन भवनमा बिहीबार हुने प्रथम फेस अफ मारवडी किड्स २०१९ को फाइनलमा पुगेका ४५ जना प्रतियोगिहरूले प्रतिभा देखाएका छन् ।


विराटनगरस्थित होटल ह्यारिसनमा शनिबार भएको ट्यालेन्ट शोमा फाइनलमा पुगेका प्रतियोगिहरूले रोजाइ अनुसारका प्रतिभा देखाएका हुन् ।  प्रतियोगिहरूले गीत, नृत्य प्रस्तुत गरि सहभागीलाई मनोरञ्जन प्रदान गरेका थिए । मारवाडी युवा मञ्च विराटनगर र पेज ३ सर्विसेस काठमाण्डौको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिताको फाइनमला धरान, विराटनगर र इटहरीबाट सहभागी छन् ।


ट्यालेन्ट शोका निर्णायकहरूमा मोडल नवनित प्रधान, मिस कोशी २०१६ की विजेता निरुता नेपाल र युवा नेता अमलेश कर्ण रहेका थिए । फाइनलमा पुगेका प्रतियोगिहरूलाई प्रशिक्षण मारवडी युवा मन्चका उपाध्यक्ष तथा कोडिनेटर जय शर्माले गर्दै आएका छन् ।
फाइनलमा पुगेका ४ देखि १४ वर्षका बालवालिकाहरू रहेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए । मारवाडी समुदायका बालवालिकाहरूमा भएको प्रतिभा उजागर गर्नुको साथी उनीहरूको व्यक्तित्व विकास गराइ समाज निमार्णमा उल्लेखिनिय योगदान पुर्याउने उद्देश्यले यस्तो प्रतियोगिता आयोजना गरिएको अग्रवालले बताए ।


‘विराटनगरमा लामो समयपछि फेस अफ मारवडी किड्स जस्तो भव्य कार्यक्रम हुन लागेको हो ।’ यस्तो कार्यक्रमहरू काठमाण्डौमा मात्रै हुने गरेको थियो । मारवाडी युवा मन्चले मारवाडी बालबालिकाको क्षमता अभिवृद्धी गर्न स्थानिय स्तरमा यस्तो प्रतियोगिता आयोजना गरिएको फेस अफ मारवाडी किड्सका एम. डी. रेखा मोदी मित्रुकाले जानकारी दिइन् ।

-

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्