विराटनगर १५ मा वडा अध्यक्षको निर्देशनमा गुणस्तिरिहीन नाला भत्काईयो(भिडियो सहित)

<span class='c1'>विराटनगर १५ मा वडा अध्यक्षको</span> <span class='c2'>निर्देशनमा गुणस्तिरिहीन नाला भत्काईयो(भिडियो सहित)</span>

विराटनगर । विराटनगर १५ स्थित हरिनगरा भट्टाका उपभोक्त्ता समितिले नालाको काम गुणस्तरहीन बनाएको भन्दै वडा कार्यलयको निर्देशनमा भत्काइएको छ ।


विराटनगरका महानगरपालीकाको १२ लाखको बजेटमा निर्माण गरिएको नाला उपभोक्त्ता समितीले मापदण्ड विपरीत काम गरेको भन्दै स्थानियवासीले नाला बनाउन रोकेका थिए । आफूहरुको घर अगाडीको नाला मापदण्ड विपरीत बनाएको भन्दै स्थानियवासीले यसरी आक्रोस पोखेका थिए ।


गोपाल साहको अध्यक्षतामा बनेको उपभोत्ता समितिका पदाधिकारी बाहिरको राखेको भन्दै उनीहरुले विरोध समेत जनाएका छन् । उपभोत्ता समितिले नाला निर्माण गर्दा विचको खाली ठाँउ अढाई फिट हुनुपर्नेमा मापदण्ड विपरीत गरिएको भन्दै वडा नम्बर १५ का वडा अध्यक्ष असलम आलमले नाला भत्काउन लगाएका थिए । काम भईरहेको फिल्डमा नै पुगेर आलमले उपभोत्ता समितिलाई तत्काल काम रोक्न लगाएका थिए । वडा अध्यक्षको निर्देशन पछि कामदारले बनाईसकेको नालाको वाल भत्काएका थिए ।
हरिनगरा भटटाको ४६ मिटर लामो बाटोको नाला उभोक्त्ता समितिले नाला बनाउदाँ पस्चिम साईडको नाला साँगुरो बनाएका थिए । यता आलमले जनातको पैसाबाट जनता कै सेवामा गरिएको काम गुर्णस्तरीयीन हुने भएकोले आफ्ले भत्काउन लगाईको आलमले बताए । वडामा भएका जति पनि विकास निर्माणका काममा गुणस्तरियहिन भएको भेटिए तत्काल आफू फिल्डमा गएर एक्सन लिने गरेको आलमको भनाई छ ।

https://www.facebook.com/ourbrt/videos/1040077829672617/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्