प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो

<span class='c1'>प्रधानमन्त्री केपी शर्मा ओलीको</span> <span class='c2'>स्वास्थ्यमा सुधार, भेन्टिलेटरबाट निकालियो</span>

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि त्यो हटाइएको छ । थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी दिए ।प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ ।

एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार प्रधानमन्त्री ओलीको शल्याक्रिया गरिएको थियो ।प्रधानमन्त्री ओली बिहान ९ बजे उपचारका लागि उक्त सेन्टरमा पुगेका थिए । विज्ञ चिकित्सकहरु सम्मिलित टोलीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गर्दा एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएको थियो ।

तत्काल अस्पतालले ‘ल्याप्रोटोमी’ र ‘एपेन्डिक्टोमी’ लगायतका विधिबाट प्रधानमन्त्री ओलीको उपचार गरिएको थियो । सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तम कृष्ण श्रेष्ठले प्रधानमन्त्रीको स्वास्थ्य स्थितिका बारेमा जानकारी दिँदै शल्यक्रियापछि स्वास्थ्य अवस्था स्थिर रहेको जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्