मुम्वईमा भएको मिस्टर आईकनको तेश्रो उपाधि नेपाली अमरलाई

मुम्वईमा भएको मिस्टर आईकनको तेश्रो उपाधि नेपाली अमरलाई

विराटनगर । गत २५ नोभेम्बर २०१९ मा भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा नेपालको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर ल्हायो मगरले तेश्रो उपाधि हाँसिल गरेका छन् । १० वटा देशको प्रतिस्पर्धामा नेपालबाट अमर ल्हायो मगर मुम्बइ पुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्डमा फिलिपिन्सका मार्टिन बिजेता भएका थिए भने दोश्रोमा भारतका आदित्य र नेपाल बाट मुम्बाइपुगेको अमर तेश्रो भए । साथै उनले बेष्ट नेशनल कस्टुमको पनि उपाधि पनि हात पार्न सफल भएका छन् ।
केहि समय यता नेपाली मोडलिङ क्षेत्रमा लग्दै आएका अमरले आफ्नो यो उपलब्धीलाई एउटा खुड्कीलो सावित भएको बताए । मुम्बाइमा भएको उक्त कार्यक्रममा फिलिपिन्स, भारत, नेपाल, लगायत १० वटा देशको प्रतिस्प्रधा भएको थियो ।
अमरे मगरले मिस्टर आइकन वल्र्ड नेपालको उपाधि जितेपछि द्रोश्रो सस्करणको मिस्टर आइकन वल्र्ड प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
२६ बर्षे यूवा अमरले मोडललिङ क्षेत्रमा टेवा पुर्याउनकालागि योगदान रहने बताए । भारतको द कल्वको हलमा भएको प्रतियोगितामा भारतका टेलिभिजन जगतका सेलिब्रेटिहरुको पनि बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्