विराटनगरका बजारमा बेसहराको साहारा नहुदाँ, रातभरी सडक मै बास अनि सडक मै गाँस…भिडियो सहित

<span class='c1'>विराटनगरका बजारमा बेसहराको साहारा नहुदाँ, रातभरी सडक</span> <span class='c2'>मै बास अनि सडक मै गाँस…भिडियो सहित</span>

प्रेम देवान
विराटनगर, १३ मंसिर । जाडो लाग्दै गरेको मंसिर महिनाको चिसो सिरोटो मौसम , अनि त्यही चिसो सिरोटोमा शरिरमा लगाइएको एक सरो कपडा । शरिरको कम्भर भन्दा तल्लो भागमा महिनौदिन देखिको नधोइएको पेन्ट । अनि माथील्लो भागमा कुनै संघ सस्थाले दिएको भेष्ट ।

https://www.facebook.com/ourbrt/videos/546963392821380/

दृष्य हो हाम्रै महानगरपालीका वडा नम्बर ९र १० को विच भागमा पर्ने सहकारी मार्ग स्थित सडक पेटीमा कैद भएको दृष्य ।
मन भित्रका आवाज वाहिर निकाल्ने उनी धेरै प्रयास गर्छन तर सक्दैनन् । उनको बोली उनी मात्र बुझ्छन् तर अरुले ईसारामा मात्र बुझ्नु पर्छ । उनी त्यहाँ बसेको धेरै भएको छैन ४ दिन अगाडी आएको स्थानिय व्यापारीहरु बताउछन् । उनी कसैले दिए खान्छन् नत्र रातभरी त्यही खाली भुईमा सुत्छन् ।
दृष्य नम्बर २


हातमा सधैं प्लाष्टिको गिलास अनि त्यही गिलास उनको लागी मागी खाने भाडो । प्राय विराटनगरको विभिन्न स्थानमा उनी भेटिने गर्दछन् । बर्षौदेखीको नकाटिएको कपाल । हेर्दै बब मार्लिको कपाल जस्तो देखीने रुप छ । उनको पनि कसैको साहारा छैन । उनी पनि जहा पायो त्यही बस्छन् । अनि जे भेट्यो त्यही खान्छन् ।


उनी विराटनगरको रोड कलेज रोड स्थित सहकारी मार्गमा प्राय खाली भुईमा बसेको देखिन्छ । विगत लामो समयदेखी विराटनगरका विभिन्न स्थानमा मागी हिड्ने उनी भुईमा जे जे देख्यो त्यो टिपेर खाने गर्छन ।
यी माथीका २ उदाहरण मात्र हुुन् । केही समय अगाडी सामाजिक विकास मन्त्रालय , महानगरपालीका र विराटनगरमा रहेको मानव सेवा आश्रमले विराटनगरमा रहेका धेरै वेसहराको उद्धार गर्यो । मानसिन सन्तुलन गुमाई सडकमा भौताएिका वेसहराको साहारा बन्न पुग्यो मानव सेवा आश्रम । अहिले एक दर्जन भन्दा बढी उक्त मानव सेवा आश्रममा आश्रय लिईरहेका छन् ।


समाजिक विकास मन्त्रालय र महानगरपाली र मानव सेवा आश्रमले विराटनगरलाई वेसहरा सडक मुक्त बनाउने अभियान नै चलाएको छ । तर पनि अझै विराटनगरका धेरै स्थानमा वेसहरा व्यक्ति सडक मै वास विताउन वाध्य भएका छन् । अभियन त ल्यायो तर सिमित व्यत्तिमा मात्र यो अभियान लागु नहोस ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्