विराटनगर मङ्सिर १४ । विराटनगरमा व्यवस्थित सभाहलको अभाव भएको बेला नयाँ सभाहल निर्माण हुने भएको छ ।
विराटनगरको बैजनाथपुरमा अढाइ विघा क्षेत्रफलमा ८० करोडको लागतमा १७ सय क्षमताको चार तल्ले सभाहल निर्माण हुन लागेको हो ।
शहरी विकास मन्त्रालयको लगानीमा निर्माण गरिने सभाहल निर्माण हुन लागेको हो ।
उनले सभाहल निर्माणका लागि आवश्य बजेट विनियोजन भइ बहुवर्षीय आयोजनाको स्वीकृतिको चरणमा रहेको जानकारी दिए । भवनमा १५ सय क्षमताको ठूलो एउटा सभाहल साथै एक/एक सय क्षमताका दुई वटा सभाहल रहनेछन् ।
योजना अनूसार हेलिप्याडसहितको हुने सभाहलमा अन्डरग्राउण्डमा एकै पल्ट साढे २ सय कार पार्किङ्ग गर्न मिल्नेछ भने ५ सय बढी मोटरसाइकल पार्किङ्गको क्षमता रहनेछ ।