विराटनगरमा भएको ‘फेस अफ मारवाडी किड्स २०१९’ को उपाधि पाँच जनालाई

<span class='c1'>विराटनगरमा भएको ‘फेस अफ मारवाडी किड्स</span> <span class='c2'>२०१९’ को उपाधि पाँच जनालाई</span>

विराटनगर । फेस अफ मारवडी किड्स २०१९ को उपाधि पाँच जना प्रतियोगिले जितेका छन् । उनीहरूले विभिन्न विधामा उपाधि जितेका हुन् ।
विराटनगरस्थित जैन भवनमा बिहीबार राती सम्पन्न प्रतियोगिता अन्र्तगत मिस्टर लिटल मारवाडीको विजेता नमन अग्रवाल भए । सोही स्पर्धाका फस्ट रनरअप हर्षबर्धन शर्मा, र सेकेण्ड रनरअप गौतम अग्रवाल घोषित भए ।

त्यस्तै मिस लिटल फेस अफ मारवाडीको विजेता रिधी अग्रवाल, फस्ट रनअप चारबी जैन, सेकेण्ड रनरअप निधी गोल्छाभइन् । त्यस्तै मिस मिनी फेस अफ मारवाडीको बिजेता आरशीया पोद्धार, फस्ट रनरअप इशु अग्रवाल, र सेकेण्ड रनरअप आध्या शर्मा भइन् ।

त्यस्तै मिस्टर मिनी फेस अफ मारवाडीको बिजेता आरभ अग्रवाल, फस्ट रनरअप पारथ अग्रवाल र सेकेण्ड रनरअप सौर्य लखोटिया भए । त्यस्तै प्रिन्सेस फेस अफ मारवाडीको बिजेता निसिता अग्रवाल, फस्ट रनरअप आरनिया अग्रवाल र सकेण्ड रनरअप राधिका भरद्वाज घोषित भइन् ।


मारवाडी युवा मञ्च विराटनगर र पेज ३ सर्विसेस काठमाण्डौको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिताको फाइनलमा ४५ जनाले प्रतिस्पर्धा गरेको मारवाडी युवा मञ्चका अध्यक्ष गोपाल अग्रवालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्