दुई कोरियाली पप स्टारलाई सामूहिक बलात्कारको आरोपमा जेल सजाय

<span class='c1'>दुई कोरियाली पप स्टारलाई सामूहिक</span> <span class='c2'>बलात्कारको आरोपमा जेल सजाय</span>

दक्षिण कोरियाको अदालतले के–पप स्टार्स जुङ्ग जुन–योंग र चोइ जोङ्ग–हुनलाई रक्सीको मातमा बेहोस भएकी महिलालाई सामूहिक बलात्कार गरेका कारण क्रमशः ६ र पाँच वर्षको जेल सजाय तोकिएको छ ।

जुङ्गमाथि बलात्कारको फुटेज छायांकन गरेर बाँडेको आरोपपनि पुष्टि भएको छ ।यी दुईले ८० घण्टाको यौन हिंसा उपचारको कोर्स पढ्नुपर्नेछ भने उनीहरुलाई बालबालिकासँग काम गर्न प्रतिबन्ध लगाइएको छ ।न्यायाधीस काङ्ग सियोंग–सूका अनुसार ३० वर्षे जुङ्गले रक्सीको मातले लठ्ठ एक महिलालाई बलात्कार गरेर उनको नग्न र यौन सम्बन्ध स्थापित गरिरहेको भिडियो छायांकन गरेर ग्रुप च्याटमा फैलाएका थिए ।

‘होशमा आएपछि पीडितले कति पीडा सहनुपरेको होला भनेर हामी कल्पना पनि गर्न सक्दैनौं ।’जुङ्गले ती पीडितलाई मनोरञ्जनको एउटा साधनको रुपमा मात्रै हेरेको न्यायाधीसले बताए ।

टिभी ट्यालेन्स शोबाट चर्चामा आएका जुङ्ले आफ्नो अन्तिम बयानमा भने, ‘म आफ्नो कुकृत्यका लागि अत्यधिक लज्जित र पश्चातापमा छु ।’‘अबदेखि म पश्चातापमा नै बाँचिरहेको हुनेछु,’ उनले थपे ।गत मार्चमा उनले महिलाको गोप्य रुपमा भिडियो बनाएर सेयर गरेको स्विकार गर्दै आफ्नो सांगीतिक यात्राबाट विश्राम लिएका थिए ।

एफ.टी आइल्याण्ड ब्यान्डका पूर्व सदस्य ३० वर्षे चोइबारे बोल्दै अदालतले भनेको छ, ‘रक्सीले मातिएकी महिलामाथि समुहिक बलात्कार गरेपछि पनि उनलाई आफ्नो कार्यप्रति कुनै पश्चाताप छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्