विश्व एड्स दिवस : एचआइभी सङ्क्रमण दर घट्दो क्रममा

<span class='c1'>विश्व एड्स दिवस : एचआइभी</span> <span class='c2'>सङ्क्रमण दर घट्दो क्रममा</span>

अछाम, मङ्सिर १५ गते ।

यहाँ एचआइभी सङ्क्रमण दर घट्दो क्रममा रहेको पाइएको छ । स्वास्थ्य कार्यालयका अनुसार पछिल्ला वर्षमा जिल्लामा नयाँ सङ्क्रमित पत्ता लाग्ने दर घट्दै गइरहेको हो ।

विगत ११ वर्षको तथ्याङ्कअनुसार जिल्लामा एचआइभी एड्सका नयाँ बिरामी फेला पर्ने दर निकै सुधारोन्मुख रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । आर्थिक वर्ष ०६४/६५ मा ३४३ नयाँ सङ्क्रमित फेला परेकामा आर्थिक वर्ष ०७५/७६ मा ४३ जना मात्रै नयाँ बिरामी पत्ता लागेका स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष ०७४/७५ मा सबैभन्दा कम १९ मात्र नयाँ सङ्क्रमित भेटिएका थिए ।

अछाममा आर्थिक वर्ष ०६५/६६ मा २२२, आव ०६६/६७ मा ९३, आव ०६७/६८ मा १३०, आव ०६८/६९ मा ९९, आव ०६९/७० मा ८६, आव ०७०/७१ मा ८१, आव ०७१/७२ मा ७३, आव ०७२/७३ मा ६६ र आव ०७३/७४ मा ६७ नयाँ एचआइभी सङ्क्रमित भेटिएका स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

तथ्याङ्कअनुसार जिल्लामा हाल एक हजार ५६७ एचआइभी सङ्क्रमित पत्ता लागेका छन् । पत्ता लागेका बिरामी पछिल्लो समय कहीँ पनि नभेटिएकाले दोहोरिएर आउने बिरामी बढी भएका हुनसक्ने ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार अहिले ३७७ महिला र २६१ पुरुष सङ्क्रमित नियमित एआरटी सेवन गरिरहेका छन् । मङ्गलसेन र बयालपाटामा रहेका केयर सेन्टरमार्फत उनीहरुले एआरटी सेवन गरिरहेका जनाइएको छ ।

एआरटीका कारण आफूलाई निकै सहज भएको एकजना सङ्क्रमितले बताउनुभयो । समाजले अपहेलना गर्ने गरेका कारण आफूहरुलाई खुल्न अप्ठ्यारो भए पनि राज्यबाट प्रदान सेवाले आफू जस्ताको दीर्घजीवनमा टेवा पुगेको उहाँको भनाइ छ । कुनै बेला एचआइभी सङ्क्रमणका कारण बदनाम भएको अछामका लागि नयाँ बिरामी भेटिने क्रम घट्दै जानु सुखद लक्षण भएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक झपट ढुङ्गानाको भनाइ छ।

यसबारे जनचेतनासहित बिरामी खोज्न विभिन्न स्थानमा शिविरसमेत चलाइने गरेको उहाँले बताउनुभयो । जिल्लामा एचआइभी सङ्क्रमित भएकामध्ये पुरुष १२८ र महिला ५७ गरी १८५ को मृत्यु भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्