सडक खन्ने क्रममा ढिस्को खस्दा चारजनाकाे मृत्यु

<span class='c1'>सडक खन्ने क्रममा ढिस्को</span> <span class='c2'>खस्दा चारजनाकाे मृत्यु</span>

पोखरा ।  पोखरा महानगरपालिका २० मौजाबिसौनामा सडक बनाइरहेका चारजना मजदुरको पुरिएर ज्यान गएको छ ।

भलाम–मौजा सडक स्तरोन्नति गर्ने क्रममा भित्तो खन्ने क्रममा पुरिएका सल्यानका तोबान बस्नेत, जोगेन्द्र बुढाथोकी, गणेश वली, खिमलाल वली र जितबहादुर बस्नेतमध्ये चार जनाको शव निकालिएको कास्कीका प्रहरी उपरिक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उनीहरुमध्ये शव कस–कसको हो भन्ने खुलिनसकेको उहाँले बताउनुभयो । सँगै काम गरिरहेकामध्ये २ जना भाग्न सफल भएको पनि उहाँले जानकारी दिनुभयो । पहिरोमा पुरिएका भनिएका एक जनाको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्