मकालु गाउँपालिकाको अध्यक्षमा नेकपाको अग्रता

<span class='c1'>मकालु गाउँपालिकाको अध्यक्षमा</span> <span class='c2'>नेकपाको अग्रता</span>

खुवासभा  ।  संखुवासभाको मकालु गाउँपालिकामा पनि नेकपाले अग्रता लिएको छ। पछिल्लो मतपरिणाम अनुसार नेकपाका तेजबहादुर पोख्रेलले ५११ मत पाएका छन्। त्यस्तै नेपाली कांग्रेसका विमन पराजुलीले ३९२ मत पाएका हुन्।

आज विहान ९ः१५ देखि मत गणना शुरू भएको हो। १० मतदान स्थलका ९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ मत  खसेको थियो। भौगोलिक विकटता रहेको मकालुमा ६ वटा वडा रहेका छन्। मकालुका ६ वटै वडाको मतपेटिका शनिबार राती मात्र ल्याइएको थियो।

गाउँपालिका अध्यक्ष पदका लागि सत्तारुढ दल नेकपाका तर्फ बाट तेजबहादुर पोख्रेल, कांग्रेसबाट विमन पराजुली, संघीय समाजबादी नेपालबाट नर्बु शेर्पा, राप्रपा नेपालबाट मेघनाथ राई, राप्रपा संयुक्तबाट मनबहादुर विश्वकर्मा,राष्ट्रिय जनमुक्ती पार्टीबाट रमेश राई र  संघीय लोकतान्त्रीक मञ्चबाट कविता राईले प्रतिस्पर्धामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्