एकै परिवारका ६ जनाको ज्यान जाने गरी भएको सुनसरी दुर्घटना, एक दिन वडाको शोक विदा

<span class='c1'>एकै परिवारका ६ जनाको ज्यान जाने गरी भएको</span> <span class='c2'>सुनसरी दुर्घटना,  एक दिन वडाको शोक विदा</span>

उदयपुर ।  उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको ज्यान जाने दुर्घटना भए पछि वडा कार्यालयले शोक प्रस्ताव पारित गर्दै मंसीर १६ गते सोमबार एक दिन वडा शोक विदाको घोषणा गरेको छ।

त्रियुगा नगरपालिका वडा नम्बर १० अन्तर्गतका कार्यालय, निजि तथा सामुदायीक विद्यालयहरु एक दिन विदा दिने निर्णय गरिएको वडाध्यक्ष प्रकास कुमार खड्काले जानकारी दिए।  दुर्घटना परी त्रियुगा नगरपालिका वडा नम्बर १० का ८६ वर्षी शिवमाया राई, उनका छोरा तुल बहादुर राई, नातीहरु दुर्गाधन राई, टेकेन्द्र राई, ज्वाई उद्धब राई, भतिज दिनेश राई र एम्बुलेन्स चालक त्रियुगा नगरपालिका ९ का राजेश दनुवारको घटना स्थलमानै मृत्यु भएको थियो।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनसरीको हरिपुरमा विराटनगरबाट फर्कदै गरेका को १ च ९३६४ नम्बर एम्बुलेन्स र वीरगंजबाट आउदै गरेको ना २ ख ९२८२ नम्बरको ट्रक  शनिबार राति १२ बजेर २० मिनेटमा दुर्घटना भएको थियो। त्यसैगरी सिटि सवारी यातायात उदयपुर प्रालि, सिटि स्टार यायायात प्रालि र त्रियुगा सिटि यातायात प्रालिले पनि सोमबार शोक मनाउने निर्णय गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्