झापा । झापाको मेचीनगर नगरपालिका ६ तुर्केनीबाट ठुलो परिमाणको सुपारी बरामद भएको छ । नेपालबाट भारत तर्फ लैजाँदै गरेको अबस्थामा गएराती जिल्ला प्रहरी कार्यालय झापा तथा ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले अबैध रुपमा नेपालबाट भारत तर्फ साईकलमा लोड गरी लैजाने तयारी रहेको सुपारी बरामद गरेको हो । करिब ४ हजार ६ सय २० केजी करिब १३ लाख ८६ हजार रुपैयाँ पर्ने सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद भएको सुपारी आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय बुझाईएको प्रहरीले जनाएको छ ।