सीमा विवादबारे भारतलाई जानकारी गराईसकेको छ : रक्षामन्त्री पोखरेल

<span class='c1'>सीमा विवादबारे भारतलाई जानकारी गराईसकेको</span> <span class='c2'>छ : रक्षामन्त्री पोखरेल</span>

विराटनगर । उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सीमा विवादका बारेमा जानकारी दिन भारतसँग नेपाल सरकारले औपचारिक आग्रह गरिसकेको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा शुक्रबार संचारकर्मीसँग संक्षिप्त कुरा गर्दै उहाँले अनुरोध पत्र नै पठाएर सरकारले भारतको औपचारिक धारणा माग गरिसकेको जानकारी दिनुभयो ।
‘हाम्रो ‘पोजिसन’ को बारेमा जानकारी दिएर भारत सरकारलाई तत्काल सीमा विवादमा आफ्नो धारणा सार्वजनिक गर्न भनिसकिएको छ,’ उहाँले भन्नुभयो, ‘भारतले आफ्नो नक्सामा पारेको लिम्पियाधुरा, लिपुलेक र कालापानीका विषयमा नेपाल सरकारले कूटनैतिक र राजनैतिक तवरबाट उच्चस्तरीय पहल गरिरहेको छ ।’
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आब्हान गरेको नेकपा सचिवालय बैठकमा उपस्थित हुन नसकेको कारण बताउँदै नेकपा नेता समेत रहेका पोखरेलले त्यस दिन पार्टी अध्यक्षलाई भनेर नै पूर्व निर्धारित कार्यक्रम अन्तर्गत आफू इलाम गएको बताउनुभयो । भक्तपुर र धरानमा सम्पन्न उप–निर्वाचनको नतिजाका विषयमा चार दिन भित्र जानकारी दिन सम्बन्धित कमिटीलाई निर्देशन दिइसकिएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्