झापामा श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु

<span class='c1'>झापामा श्रीमानले चलाएको मोटरसाइकलबाट</span> <span class='c2'>लडेर श्रीमतीको मृत्यु</span>

भद्रपुर ।  श्रीमानले चलाएको मोटरसाइकलबाट लडेर श्रीमतीको मृत्यु भएको छ। मृत्यु हुनेमा कमल गाउँपालिका ७ बस्ने ५३ वर्षीया ज्ञानदेवी धिमाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार कमल गाउँपालिका ७ बाह्रघरे चोकस्थित पाडाजुंगी-गौरीगञ्ज भित्री सडक खण्डमा शनिबार सो दुर्घटना भएको हो। उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ११ प १२२९ नम्बरको मोटरसाइकल तुलसीराम धिमालले कुदाइरहेको अवस्थामा पछाडि सवार उनकी श्रीमती ज्ञानदेवी सडकमा लडेर गम्भीर घाइते भएकी थिइन्। घाइते उनलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक पुर्‍याएलगतै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्