ईलाममा अन्तुडाँडाको फ्याफुल्ला होमस्टेमा आलगलागी, २६ लाख बराबरको क्षती

<span class='c1'>ईलाममा अन्तुडाँडाको फ्याफुल्ला होमस्टेमा आलगलागी,</span> <span class='c2'>२६ लाख बराबरको क्षती</span>

ईलाम । ईलामको सुर्योदय नगरपालिका ५ अन्तुडाँडामा आगलागी हुँदा २६ लाख बराबरको क्षती भएको छ । आज बिहान मानबिर तामाङको दुईतल्ले काठ सिमेन्ट र टिनको छानोले बनेको फ्याफुल्ला होमस्टेमा बिधुत सट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।
आगलागीबाट घर भित्र रहेको चार तोला सुनका गरगहना, नगद पाँचलाख तथा सम्पुर्ण सामानहरु पुर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी भएको जानकारी पाउनासाथ प्रहरी चौकी सामाल्बुङबाट गएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बिहान साढे १० बजेको समयमा आगो पुर्ण रुपमा नियन्त्रण आएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्