झापामा ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा मोरङका किशनको मृत्यु

<span class='c1'>झापामा ट्रक र कार संग मोटरसाईकल</span> <span class='c2'>ठक्कर खाँदा मोरङका किशनको मृत्यु</span>

झापा, मंसिर २४ गते ।

झापाको कन्काई नगरपालिका-४ स्थित पुर्ब पश्चिम राजमार्गको कोटीहोम स्थितमा ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु मृत्यु भएको छ । आज बिहान ६ बजेको समयमा सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्ब तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोकिएर उछिटिदा पुर्ब बाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङको अमरदह नगरपालिका-२ बस्ने बर्ष २३ को किशन शाह गम्भिर घाईते भएका थिए ।

उनलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । ट्रक, ट्रक चालक, कार र कार चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्