धनुषाको महेन्द्रनगरमा शक्तिशाली बम बिस्फोट : बाबु-छाेराकाे मृत्यु, इन्सपेक्टर सहित ५ जना घाइते

<span class='c1'>धनुषाको महेन्द्रनगरमा शक्तिशाली बम बिस्फोट : बाबु-छाेराकाे</span> <span class='c2'>मृत्यु, इन्सपेक्टर सहित ५ जना घाइते</span>

धनुषा । धनुषाको महेन्द्र नगरमा बम विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ भने प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित ५ जना घाइते भएका छन् ।

प्रदेश नं. २ अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको महेन्द्रनगरमा बम विस्फोट भएकाे र २ जनाको मृत्यु भएको धनुषाका प्रमुख जिल्ल्ला अधिकारी प्रदीप कडेलले पुष्टि गर्नुभयाे । अधिकारी कनेलका अनुसार संकास्पद वस्तु फेला परेकाे जानकारी पाएलगत्तै साे स्थानमा प्रहरीकाे टाेली पुगेकाे थियाे । ‘प्रहरी पुग्नासाथ विस्फोट भएको थियो र उक्त फिस्फोटमा परेर गंभीर घाइते दुइजनालाई अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भयाे,’ अधिकारी कडेलले भन्नुभयाे  ।

क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गएराती करिब १२ बजेतीर भएकाे बम विस्फोट स्थानीय अंदाजी ४५ बर्षीय राजेश्वर साह र उनका छोरा अन्दाजी २५ बर्षीय आनन्द साहको मृत्यू भएको प्रहरीले जनाएको छ ।

उक्त विस्फाेटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्सपेक्टर अमिर दाहाल र प्रहरी जवान रिजनाथ महतो सहित ५ जना घाइते भएका छन् । प्रहरी श्रोतका अनुसार राजेश साहको घरको शौचालय अगाडी बम राखिएको थियाे ।

घाइतेहरूकाे थप उपचारको लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको जनाइएको छ ।

साे विस्फोटमा परी मृतक राजेश्वरका १९ वर्षीया छोरी अंजली र १५ वर्षीय अर्का छोरा प्रकाश पनि गंभीर घाइते भएका प्रमुख जिल्ला अधिकारी कनेलले न्युज २४ लाई बताउनुभयाे ।

अँजलीको बाया खुट्टामा र प्रकाशको दाया खुट्टामा गम्भिर चोट लागेको छ । इन्सपेक्टर आमिर दहाल र प्रहरी जवान महतोलाई बमको छर्रा लागेको छ। उनीहरुलाई पनि थप उपचारको लागि धरान रिफर गरिएको हो ।

घटनामा मृतक राजेश्वरका बुवा कारी साह समेत घाईते भएको जनाइएको छ । उनको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको छ ।

मृतक साहको विभिन्न ठाउँमा मोटो रकम लगानी भएको र त्यसकै निहुँमा कसैले उनलाई हत्याको योजना बनाएको हुन सक्ने अनुमान गरिएको छ । घटना वारे विस्तृत आऊन बांकी रहेको छ भन्ने एता घटनाको अनुशंधान तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्