सप्तरीको भारदहरमा ९ फिट लामो अजिङ्गर फेला

<span class='c1'>सप्तरीको भारदहरमा ९ फिट</span> <span class='c2'>लामो अजिङ्गर फेला</span>

सप्तरी । सप्तरीको हनुमान नगर कंकालिन नगरपालिका–१ स्थित भारदहमा आज अजिङ्गर फेला परेको छ  । स्थानीय सुधीर झाको घरको बारीमा करिब नौ फिट लम्बाइ भएको अजिङ्गर फेला परेको इलाका प्रहरी कार्यालय, भारदहले जनाएको छ । करिब २५ किलो तौल भएको अजिङ्गर झाको घरको बारीमा देखेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय भारदहबाट  खटिएको प्रहरी टोलीले अजिङ्गरलाई नियन्त्रणमा लिएको  प्रहरी नायब उपरीक्षक तिलक भारतीले  जानकारी दिए । फेला परेका अजिङ्गरलाई वन्यजन्तु आरक्षणको जिम्मा लगाउने  तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई महिना अगाडि पनि सप्तरी जिल्लाको खाँडो नदीको किनारमा अजिङ्गर फेला परेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्