अब बसभित्रै पार्टी गर्न पाइने !

<span class='c1'>अब बसभित्रै पार्टी</span> <span class='c2'>गर्न पाइने !</span>

काठमाण्डौ । अब पार्टी गर्नकै लागि डिस्को, बार र क्लब धाउनु पर्ने बाध्यता हट्ने भएको छ । यसका लागि ‘पार्टी बस नेपाल’ तपाईँको उचित गन्तव्य बन्न सक्छ । पश्चिमी बजारमा बसभित्रै पार्टी गर्न मिल्ने परम्परा लोकप्रिय भइसकेको भए पनि नेपालमा भने यो नयाँ अभ्यास हो ।

पार्टी बस के हो ?

कम्पनीका अनुसार पार्टी बस नेपाल ‘सिटी टुर’को अवधारणामा विकसित भएको नयाँ अभ्यास हो । यसले गुणस्तरीय सेवासँगै आरामदायी र तनावमुक्त वातावरण तय गर्छ ।

यो बसको डिजाइन पनि भिन्नै खालको छ । के के छन् त–

आरामदायी आन्तरिक बनावट
हाई–फाई डीजे म्युजिक सिस्टम
बार र छुट्टै धुम्रपान क्षेत्र
डान्स फ्लोर
पोल डान्स सुविधा
एसी,मोबाइल चार्ज गर्ने सुविधा आदि

पार्टी बस नेपालले अहिले चार वटा सेवालाई प्राथमिकतामा राखेको छः हप अन पार्टी राइड (साँझ राति), एअरपोर्ट पिकअप र ड्रप, व्यक्तिगत इभेन्ट र विशेष थेम पार्टी ।

हप अन पार्टी : हप अन पार्टी राइडको प्रतिव्यक्ति १ हजार रुपैयाँ निर्धारण गरेको छ।

प्राइभेट पार्टी : ३ घण्टाको ३ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रत्येक घण्टा १ हजार रुपैयाँ, ६ घण्टाको ५ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ, १२ घण्टाको प्राइभेट पार्टीको लागि ८ हजार ५ सय रुपैयाँ र त्यसपछि प्रतिघण्टा १ हजार रुपैयाँ ।

एअरपोर्ट पिकअप र ड्रप : एकतर्फीकाे २ हजार रुपैयाँ र ल्याउने र पुर्‍याउनको लागि ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ।

स्पेसल थिम : यो पनि हप अन शैलीको पार्टी राइड हो जसमा प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकेको छ ।

तर यसका लागि भने केही हप्ता कुर्नुपर्नेछ । यो बसको सञ्चालन सन् २०२० को जनवरी १० मा हुने कम्पनीको वेबसाइटमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्