प्रधानमन्त्रीको गृहनगरमा सरकारी जग्गा व्यक्तिको नाममा, सुकुम्बासीको बिचल्ली

<span class='c1'>प्रधानमन्त्रीको गृहनगरमा सरकारी जग्गा</span> <span class='c2'>व्यक्तिको नाममा, सुकुम्बासीको बिचल्ली</span>

दमक। झापाको दमक नगरपालिका प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर हो । प्रधानमन्त्रीको निवास यहीँ रहेकाले दमकको चर्चा राष्ट्रिय राजनीतिमा अरू बेला पनि हुने गर्छ ।  केही अघिदेखि काठमाडौंमा प्रधानमन्त्री निवास रहेको बालुवाटारको जग्गाको प्रकरण निकै चर्चामा थियो । त्यसमा ‘केन्द्रीय तहकै नेताको संलग्नतामा खरिद बिक्री भएको भन्दै आलोचना र टिप्पणी’ भएको थियो ।

यो प्रकरणको अनुसन्धान जारी छ । अहिले त्यस्तै सरकारी जग्गाको कीर्ते प्रकरणले प्रधानमन्त्रीको गृहनगर दमकको चर्चा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा भइरहेको छ ।  दमकमा पनि बालुवाटार नामकै स्थानमा जग्गा किर्ते भएको प्रकरण बाहिर आएको हो ।

दमकको बालुवाटारमा ‘जग्गा कीर्ते गर्ने धन्दामा नेकपाका नेताको संलग्नता देखिएकाले पक्राउ पुर्जी जारी भएको छ ।जिल्ला अदालत झापाबाट नेकपाका नेता गगन पुरीले सरकारी कागजपत्र कीर्ते गरेको आरोपमा पक्राउ पुर्जी जारी भएपछि उनी फरार छन् ।

पक्राउ पुर्जी जारी भएसँगै प्रमको गृहनगरमा कर्मचारी र नेताकोसमेत भागाभाग मच्चिएको छ ।  पार्टीले भने यो प्रकरणका कुनै आधिकारिक धारणा प्रस्तुत गरेको छैन ।  यहाँको बालुवाटारको जग्गा प्रकरणमा नेकपाका प्रदेश र स्थानीयस्तरका नेताको समेत संलग्नता रहेको स्थानीय बताउँछन् ।

अदालतले नेकपाका प्रदेश १ का सदस्य तथा दमक नगरका मेयरका उमेदवार रेवतबहादुर ‘गगन’ पुरीविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।  फरार पुरी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट मानिन्छन् ।  उनलाई नेकपा र अन्य दलका नेताको समेत साथ रहेको बताइएको छ ।

तर, यो प्रकरणमा ‘को–को संलग्न छन् ?’ भन्ने थप खुलाइएको छैन ।  ‘कर्मचारीसमेतको मिलेमतो देखिएपछि’ प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले दमक नगरपालिका, नापी र मालपोत कार्यालयमा पनि अनुसन्धान अघि बढाएको छ ।

गगनको घरमा छापा मार्दा कीर्ते गर्न प्रयोग गरिने नक्कली लालपूर्जा, सरकारी छाप, नापी र मालोपत कार्यालयका लेटरप्याडलगायत सामग्री बरादम भएको थियो ।।’

गगनले हड्पेको सुकुम्बासीको 

गगन पुरी उनका सहयोगीको समूहले मालपोतको ढड्डामा पाना थप गरेर कीर्ते प्रमाण बनाएको र सुकुम्बासीको नामको जग्गा कीर्ते गरेर विभिन्न व्यक्तिको नाममा पार्ने काम गगनकै योजनाअनुसार गरिएको उनीमाथि आरोप छ ।

जग्गाको मोल हालको चलनचल्तीअनुसार प्रतिकठ्ठा ५० लाखसम्म रहेको बताइन्छ । २०३६ सालभन्दा पछि सो जग्गामा करिब ८० भन्दा धेरै सुकुम्बासीको परिवारको बसोबास रहेको थियो ।

उनीहरूलाई जग्गा दिने प्रक्रिया सुरु पनि गरिएको थियो तर २०४० सालतिर रतुवा खोलामा आएको बाढीले त्यहाँ भएका सुकुम्बासीका घर बस्ती बगायो । पूरै गाउँ खोलमा प¥यो । बालुवाले भरियो । सुकुम्बासीहरू विस्थापित बने । ठाउँ छाडेर अन्यत्रै गएपछि जग्गाको लालपूर्जा प्राप्त गरेनन् ।पहिले आफूहरूले भोगचलन गरेको तर पछि रतुवा खोलामा परेको आफ्नो नाममा फिल्डबुक भएको जग्गा पनि गगनले नै हडपेर भोगचलन गर्न नदिएको स्थानीयले बताएका छन् । दमकमा पत्रकार सम्मेलन गरेर स्थानीय ८३ घरपरिवारले आफूहरू पीडित भएको जनाए ।

स्थानीय संजीव मगरले आफ्ना बाजे वीरबहादुर र हजुरआमा विष्णुमाया मगरको नाममा फिल्डबुक तयार भएको ३ कठ्ठा १९ धुर जग्गा अहिले पुरीले आफ्नो बनाएर भोगचलन गरेको बताएका छन् ।

उनले भने, ‘‘त्यो जग्गा हाम्रो परिवारले भोगचलन गरेको हो तर कसरी गगनको नाममा गयो हामी नि छक्क परेका छौं ।’’

उनले फिल्डबुकमा भएको र भोगचलन गरेको स्थानीयको धेरै जग्गा षडयन्त्रमुलक ढंगले गगनले कीर्ते दर्ता गरेको उनको दाबी छ ।

त्यस्तै सोही क्षेत्रका मनप्रसाद लिम्बूको बुबा टेकबहादुर लिम्बूको साढे १३ कठ्ठा जग्गा मेत फिल्डबुक दर्ता भएको तर अहिले भोगचलन गर्न नपाएको बताउँदै भने, ‘‘कसरी यत्रो जग्गा अरूकै नाममा लगियो भन्ने कुराले हामीलाई अचम्मित बनाएको छ ।’’

२०३६ सालदेखि यो क्षेत्रका बसोबास गर्दै आएका तहरमान श्रेष्ठले आफ्नो ४ कठ्ठा ५ धुर जग्गा समेत हडपेको आरोप लगाए ।

भने, ‘‘हामीसँग फिल्डबुकको नक्सा हुँदाहुँदै पनि पुरीले विभिन्न मान्छे लगाएर धम्क्याउने गर्दथे ।’’

उनले आफ्नो जग्गा भएको स्थानमा छाप्रोसमेत बनाएको सुनाए ।  तर भोलिपल्ट जाँदा आगो लगाएर सखाप बनाएको दुखेसो गरे ।

‘‘पुरीले रु ३० हजार रुपैयाँ प्रतिकठ्ठाको दरले पैसा थाप्नु भन्दै धम्क्याए,’’ उनले भने, ‘‘धेरै मानिसको जग्गा यसरी नै आफ्नो नाममा बनाएछन् ।’’

ताराबहादुर भुजेलको ४ कठ्ठा जग्गा पनि गडबड गरिएको उनले सुनाए ।  यत्तिका प्रमाण हुँदाहुँदै पहुँचका भरमा पुरीले रातारात आफ्नो बनाएर आफूहरूलाई भोगचलन गर्न नदिएको बताउँदै स्थानीय खगेन्द्र भुजेलले भने, ‘‘यो क्षेत्रका ८३ घरपरिवारको जग्गा पुरीले हडप गरेका छन् । हामीले सूची नै तयार गरेका छौं ।’’ साभार: १२खरी, कुमार लुइटेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्