वडा कार्यालयसहित ९ वटा घर तथा पसलमा चोरी

<span class='c1'>वडा कार्यालयसहित ९ वटा</span> <span class='c2'>घर तथा पसलमा चोरी</span>

ओखलढुंगा ।  ओखलढुंगामा वडा कार्यालयसहित ९ वटा घर तथा पसलमा चोरी भएको छ । चोरी गर्ने समुहको पहिचान भएको छैन ।  चोरी प्रकरणमा प्रहरीले अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

गत सोमबार मध्यराती सिद्धिचरण नगरपालिका ३ अधेरी नारायणस्थानस्थित वडा कार्यलय र स्थानीयको घरको ढोका फोडेर नगद तथा गरगहना चोरी भएको प्रहरीले जानकारी दियो।

दिउँसो दुई जना भारतीय नागरिक तन्ना बेच्ने बहानामा भारतीय मोटरसाइकल प्रयोग गरी आएको र बेलुकीपख चोरी भएपछि स्थानीयले उनीहरुकै संलग्नता भएको आंशका व्यक्त गरेका छन् । वडा कार्यालयबाट २ हजार १ सय रुपौयाँ चोरी भएको वडा कार्यलयले जनाएको छ । त्यस्तै स्थानीय शम्सेर राईको पसलबाट एक लाख रुपैयाँ चोरी भएको स्वयम राईले बताए ।

अन्य पसलहरुबाट भने ८ देखि १० हजारसम्म चोरी भएको राइले बताए । वडा कार्यलय र स्थानीय सहितको लगभग २ लाख पचास हजार रुपैयाँ चोरी भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरीक्षक मिलन बस्नेतले बताए ।

घटनापश्चात स्थानीयले शंका व्यक्त गरेका दुई भारतीय नागरिकलाई रमाइलोडाँडाबाट नियन्त्रणमा लिइ सोधपुछ  अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्