पूर्वराजा ज्ञानेन्द्रले चियाको साढे पाँच करोड कर तिर्न बाँकी

<span class='c1'>पूर्वराजा ज्ञानेन्द्रले चियाको साढे पाँच</span> <span class='c2'>करोड कर तिर्न बाँकी</span>

नगरपालिकाको राजस्व शाखाका अनुसार चिया बगानको व्यवस्थापन हाल सोल्टी ग्रुपले गर्दै आएको र उक्त टी गार्डेनको वर्षौ देखिको कर अहिले सम्म तिरेको छैन । धेरै चोटी ताकेता गर्दा पनि संचालन गर्ने ग्रुपले नसुने झैँ गरेर कर नतिरेको राजस्व शाखाले जनाएको छ । पूर्वराज परिवारले २०१८ मा स्थापना गरेको यो चिया बगानले १२ वर्ष देखिको कर तिर्न बाँकी रहेको जनाईएको छ ।

हिमालय–महालक्ष्मी टी गार्डेन परिसर भित्र पूर्वराज परिवारको लागी 'मिनी दरबार' पनि रहेको छ जहाँ हरेक वर्ष पूर्वराजा बस्ने गरि आउने गर्छन । पूर्वराजाका गोप्य वार्ताहरु समेत यहाँ हुने गरेको छ । श्रोतका अनुसार गत बुधबार पनि उनि बगानमा आएका थिए । पूर्वाञ्चल भ्रमणमा आउँदा पूर्व राजा ज्ञानेन्द्र शाह यहि मिनी दरबारमा बस्ने गरेका छन् ।

दमक नगरपालिकाको मेयर रोमनाथ ओलीका अनुसार पटक पटक ताकेता गर्दा पनि टी गार्डेनले वास्ता नगरेको साथै कर भुक्तानी गर्न पत्र पठाउँदा समेत जवाफ नदिने गरेको उल्लेख गरेका छन् । टी गार्डेनको कार्यालयमा कर तिर्न दबाब दिन जाँदा कर्मचारीहरुले आफुसंग यत्ति ठुलो रकम नभएकाले गर्दा माथि पत्र पठाएको बताएका छन् । बगानका प्रतिनिधिहरु संग समेत नगरपालिकाले छलफल गरेका छन् तर प्रतिनिधिहरुले कृषि छेत्र भएकाले यत्ति धेरै कर तिर्न नपर्ने भन्दै अल्झाएको श्रोतले जनाएको छ । नगरपालिकाको प्रतिनिधिहरुले पूर्वराजा ज्ञानेन्द्र दमकमा रहेको बेला भेटेर कर तिर्न आग्रह समेत गरेका थिए । शाहले कर चाडै नै तिर्ने प्रतिबद्धता समेत व्यक्त गरेको जनाईएको छ । तर यो भनेको वर्ष दिन बित्दा अहिले सम्म कर नतिरेको नगरपालिकाले उल्लेख गरेको छ ।

टी गार्डेनका प्रतिनिधिसंग बुझ्दा भने, "हामीलाई करको हर हिसाब बारे थाहा नहुने भएकाले माथिल्लो तहमा पत्र पठाईसकेका छौ । कर भने १२ वर्ष भन्दा बढिको तिर्न बाँकी रहेको छ । किन नतिरेको वा अटेर गरेको हो कि के हो त्यो हामीलाई जानकारी नहुने कुरा हो ।" नगरपालिकाको मेयर भने कर जसरी पनि चुक्ता गराउने पक्षमा रहेको बताएका छन् । पूर्वराजा भएपनि व्यापारको कर भने तिर्न पर्छ र दमक नगरपालिकाले जसरी पनि तिराउने अडिग लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्