भोजपुरमा हतियारसहित नेत्रविक्रम चन्द समूहका एक नेता पक्राउ

<span class='c1'>भोजपुरमा हतियारसहित नेत्रविक्रम चन्द</span> <span class='c2'>समूहका एक नेता पक्राउ</span>

भोजपुर । भोजपुर  प्रहरीले हतियारसहित नेत्रविक्रम चन्द समूहका एक नेतालाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९ हसनपुरको भसुवाबाट चार राउण्ड गोलीसहित दैलेख दुल्लु नगरपालिका–२ का २७ वर्षीय वीरेन्द्रबहादुर थापालाई पक्राउ गरेको हो ।

उनको साथबाट गोलीसहित दुई थान डायरी र पार्टीका दस्तावेज पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख नरबहादुर सलामीमगरले आज जानकारी दिए ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ  छ । इलाका प्रहरी कार्यालय घोरेटारबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा थापालाई उक्त पेस्तोलसहित फेला पारी नियन्त्रणमा लिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्