भाेजपुरबाट विप्लव समूहका जनमुक्ति सेना सदस्य चाइनिज पेस्ताेलसहित पक्राउ

<span class='c1'>भाेजपुरबाट विप्लव समूहका जनमुक्ति सेना</span> <span class='c2'>सदस्य चाइनिज पेस्ताेलसहित पक्राउ</span>

भोजपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका एक जनमुक्ति सेना सदस्यलाई प्रहरीले चाइनिज पेस्तोलसहित नियन्त्रणमा लिएको छ ।

पार्टीका केही दस्तावेजसहित पेस्तोल लिएर हिँडिरहेका दैलेख जिल्ला दुल्लु नगरपालिका-२ का २७ वर्षीय विरेन्द्रबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार हतुवागढी गाउँपालिका-९, हसनपुरबाट थापालाई पक्राउ गरिएकाे हाे । खानतलासी गर्ने क्रममा इलाका प्रहरी कार्यालय घोरेटारको प्रहरी टोलीले उनको साथबाट ४ राउण्ड गोली, २ थान डायरी र पार्टीका केही दस्तावेज फेला पारेको थियो ।

पक्राउ परेका उनलाई बिहीबार नै जिल्ला प्रहरी कार्यालय भोजपुर ल्याएर अनुसन्धान थालिएको डीएसपी नरबहादुर सलामी मगरले जानकारी दिनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्