दमक । भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन उद्देश्यले दमकको क्लब हिमालय टाइगरले शनिबार झापामा प्रचारात्मक मोटरसाइकल र्याली निकालेको छ। सामाजिक कार्यमा क्रियाशिल क्लबले जिल्लाको धार्मिक तथा पर्यटकीय स्थलहरूसम्म र्याली निकालिएको क्लबका अध्यक्ष रेवतचन्द्र भण्डारीले बताए। आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाँउ पुर्याउन क्लबमा आवद्ध युवाले दमक बजारको परिक्रममा गर्नुका साथै झापाको शिवसताक्षीस्थित सतासीधाम, चिल्लागढधाम, दोमुखा, अर्जुधारा, केचनकवल लगायतका पर्यटकीय स्थलमा पुगेर प्रचारप्रसार गरिएको उनले बताएका छन्। क्लबले यसअघि पुष १६ गते विभिन्न संघसंस्थासँगको सहकार्यमा राष्ट्रिय टोपी दिवससहित रक्तदान कार्यक्रम समेत सम्पन्न गरेको थियो।