संखुवासभामा परेको हिमपातका कारण जनजीवन प्रभावित

<span class='c1'>संखुवासभामा  परेको हिमपातका</span> <span class='c2'>कारण जनजीवन प्रभावित</span>

संखुवासभा। संखुवासभामा शुक्रबारदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको छ । भारी हिमपातले जिल्लाका किमाथांका, गुफापोखरी, टुटेदेउराली, सभापोखरी, मादीलगायत क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।

उक्त क्षेत्रमा तीन फिटसम्म हिउँ जम्दा पिउनेपानीको समस्या भएको छ । उत्तरी क्षेत्रमा हिमपात र तल्लो क्षेत्रमा पानी पर्नेक्रम नरोकिँदा चिसोले घरबाहिर निस्कने अवस्थासमेत नभएको स्थानीयले बताएका छन् । चिसोले बालबालिका, बिरामी तथा वृद्धवृद्धा बढी प्रभावित बनेका हुन् ।

संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले किमाथांका नाका र गुफापोखरीमा भारी हिमपातका कारण सुरक्षामासमेत असर परेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्