स्नातकोत्तर सकेर वडाध्यक्ष बनेका उज्वल बाख्रापालनमा रमाउँदै

<span class='c1'>स्नातकोत्तर  सकेर वडाध्यक्ष</span> <span class='c2'>बनेका उज्वल बाख्रापालनमा रमाउँदै</span>

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१० का वडाध्यक्ष उज्जन बुढाथोकी जनताको सेवासँगै बाख्रापालन व्यवसायमा रमाइरहेका छन् । जनप्रतिनिधिका रुपमा वडाध्यक्ष पदमा निर्वाचित भएसँगै बाख्रापालन थालेका बुढाथोकीले १५ लाख लगानी गरेर प्रशस्त मुनाफा लिइरहेका छन् ।
२६ वर्षीय वडाध्यक्ष बुढाथोकीको दैनिकी हो वडा कार्यालयमा बसेर जनताको सेवा गर्ने । उनको दैनिकी आजभोलि यतिमा मात्रै सीमित छैन । बुढाथोकीले जनताको सेवासँगै विहान बेलुकीको समय सदुपयोग गर्न बाख्रापालन गरिरहेका छन् ।

स्नातकोत्तर अध्ययन सकेर पेशाले पर्यटन गाइडको रुपमा काम गर्दै आएका बुढाथोकीले जनप्रतिनिधिको रुपमा वडाध्यक्ष पदमा निर्वाचित भएसँगै व्यक्तिगत जीवन चलाउन बाख्रापालन व्यवसाय अँगालेको उनले बताए । “राजनीतिसँगै जनताको सेवा गर्दा आर्थिक अभाव र परनिर्भरता हुनुु नपरोस् भनेर मैले व्यवसाय थालेको हुँ,” उनले भने, “यो व्यवसाय अझै बढाउने सोचमा छु ।”
बुढाथोकीले बाख्रापालन व्यवसायका लागि आफ्नो परिवारको साथ लिएका छन् । उनले आफ्नो व्यवसायबाट एक जनालाई रोजगारी समेत दिएका छन् । १५ लाख रुपैयाँ लगानी गरेर थालिएको उनको व्यवसायमा बोयर, जमुनापारी, सिनाल र खरी जातका ५० भन्दा बढी बाख्रा छन् ।
बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर थालिएको बाख्रापालन व्यवसाय बुढाथोकीका लागि आयआर्जनको गतिलो माध्यम बनेको छ । बुढाथोकीले थालेको बाख्रापालन व्यवसाय अरुका लागि प्रेरणाको स्रोत त बनेको छ नै, उनले आफ्नो वडाका बासिन्दालाई समेत व्यवसायमा केन्द्रीत गर्ने नीति लिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्