३८ दिनपछि सिद्धबाबा चतरामा रहेको आश्रममा फर्किए

<span class='c1'>३८ दिनपछि सिद्धबाबा  चतरामा</span> <span class='c2'>रहेको  आश्रममा फर्किए</span>

विराटनगर ।  बलात्कार आरोप अनुसन्धानका क्रममा अस्पताल बसेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीले ३८ दिनपछि आश्रम फर्किएका छन्। अस्पतालले डिस्चार्ज दिएसँगै उनी आइतबार चतरा फर्किएका हुन्। बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए लगत्तै उनी उपचारका लागि  विराट नर्सिङ होममा भर्ना भएका थिए।

बलात्कार आरोप लागेपछि मंसिर १२ गतेबाट उनको अस्पताल बसाई सुरु भएको थियो। धरौटीमा छाड्ने अदालतबाट आदेश आएको एक सातापछि उनलाई अस्पतालले डिस्चार्ज दिएको हो। दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर चतरा धाममाको आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै अनुयायीले उजुरी दिएपछि प्रहरीले उनीविरुद्ध जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

उजुरी दर्ता भएको बाहिरिएपछि छात्ती, मुटु, प्रोस्टेट र पत्थरीको समस्या देखाउँदै कृष्णबहादुर अस्पताल भर्ना भएका थिए।उनलाई अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरीले ‘माइनर हटअट्याक’ भएको बताउँदै उपचार सुरु गरेका थिए।

सर्वसाधारण जोकोहीलाई उपचार गरेको पैसा तिर्न नसक्दा बन्धक बनाएर राख्ने गरेको अस्पतालले कृष्णबहादुरलाई भने पैसा नतिरिकन छाडिदिएको छ।  अस्पतालबाट डिस्चार्ज भएपछि कृष्णबहादुर सिधै चतरास्थित आफ्नो आश्रममा पुगेको जानकारी प्राप्त भएको सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखेलले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्