विराटनगर पुष २३ ,
मोरङको रतुवामाई नगरपालिका–७ रतुवा खोलाको डिलमा रहेको काँसघारीमा एक पुरुषको शव फेला परेको छ ।
पहेंलो टिसर्ट लगाएको र हातमा एभरेडी लाइट बोकेको अवस्थामा मंगलबार साँझ शव भेटिएपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । प्रहरीकाअनुसार अन्दाजी ६०÷६५ वर्षको जस्तो देखिने तराईको मुलको पुरुष मृत भेटिएको हो ।
काहिँबाट आएका पुरुष गन्तव्यसम्म पुग्न नसक्दा त्यहाँ चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ । शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ । मृत भेटिएका पुरुषको पहिचान हुन नसकेको र घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।