उपसभामुखलाई राजीनामा गर्न लगाउने नेकपाको निर्णय

<span class='c1'>उपसभामुखलाई राजीनामा गर्न</span> <span class='c2'>लगाउने नेकपाको निर्णय</span>

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको छ ।

नेकपा सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।बैठकले सभामुख उम्मेदवार को भन्ने विषयमा भने निर्णय गर्न सकेन । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार नेकपाले उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राजीनामा गर्न लगाउने निर्णय गरेको छ ।

“नेकपाको तर्फबाट सभामुखमा उम्मेदवारी दिने निर्णय भएको छ,” उनले भने, “त्यसका लागि उपसभामुखले राजीनामा दिने निर्णय पनि भएको छ ।” तर उपसभामुख तुम्वाहाङ्फे ले भने यसबारेमा भोलि नै धारणा सार्वजनिक गर्ने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्