सूचना प्रविधि विद्येयक सच्याउन माग

<span class='c1'>सूचना प्रविधि विद्येयक</span> <span class='c2'>सच्याउन माग</span>

खोटाङ। नेपाल विद्यार्थी संघ खोटाङले सूचना प्रविधि विद्येयक सच्याउन माग गरेको छ। नागरिकको स्वतन्त्रताको अधिकारमाथि नियन्त्रण गर्नेगरी सूचना प्रविधि विद्येयक ल्याएको भन्दै नेपाल विद्यार्थी संघले मुखमा कालोपट्टी बाँधेर आईतबार प्रमुख जिल्ला अधिकारी बिष्णुहरि उपाध्ययमार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाउँदै विद्येयक सच्याउन माग गरेको हो।

नेपालको संविधानले आम नागरिकलाई मौलिक हककारुपमा प्रदान गरेको वाक स्वतन्त्रतालाई कटौती गर्दै निरंकुसता र अधिनायकवाद लाद्ने बद्नियतले सूचना प्रविधि विद्येयक ल्याउन लागेकाले कालो पट्टी बाँधेर विद्येयक सच्याउन माग गरिएको नेपाल विद्यार्थी संघ खोटाङका अध्यक्ष राजकुमार बस्नेतले बताए। वाक स्वतन्त्रता हरण गर्ने अवस्था आउन लागेको भन्दै नेविसंघका नेता तथा कार्यकर्ता मुखमा कालोपट्टी बाँधेर ज्ञापनपत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेका थिए।

सरकारको निरंकुस र अधिनायकवादी चरित्रको घोर भत्र्सना गर्दै नेविसंघले नागरिकको मौलिक अधिकार सुनिश्चित गर्ने उच्चतम व्यवस्था लोकतन्त्र र लोकतन्त्रको सबैभन्दा आकर्षक पक्षकारुपमा रहेको वाक स्वतन्त्रताको जगेर्नाका लागि सूचना प्रविधि विद्येयक सच्याउनुको विकल्प नभएको जनाएको छ। समग्र बिश्व सूचना तथा प्रविधिको क्षेत्रमा लम्किरहेकोबेला सामाजिक सञ्जाल, टेलीफोनमा निगरानी गर्ने र सञ्चार माध्यममाथि सेन्सरसिपको अवस्था आउनसक्ने गरी ल्याएको प्रावधानले नागरिक स्वतन्त्रताको अधिकारमाथि प्रत्यक्ष नियन्त्रण गर्ने अध्यक्ष बस्नेतले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्