पुर्बाञ्चल विश्व बिद्यालयमा तालाबन्दि

पुर्बाञ्चल  विश्व बिद्यालयमा तालाबन्दि

विराटनगर १९ साउन ।  मौका परीक्षा हुनुपर्ने माग गर्दै पुर्बाञ्चल बिश्वबिद्यालयमा तोडफोड गर्ने ८ जना बिद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएपछि विद्यार्थीहरुको सर्वदलीय बैठकले विहिबार देखि आन्दोलनको घोषणा गरेको छ ।
पुर्वाञ्चल विश्वविद्यालय अन्तरगतको इन्जीनीयरिङ का विद्यार्थी र विश्वविद्यालय विच पटकपटक बार्ता भएको र पत्राचार तथा छलफल समेत भएको भएपनि साउन १८ गते परिक्षा निइन्त्रक र डिनहरुले विद्यार्थीको माग विरुद्ध विज्ञप्ती नीकालेको हुनाले आन्दोलन घोषणा गर्न बाध्य भएको विद्यार्थी सर्घर्ष समितीका संयोजक योगेश क्षेष्ठले बताएका छन ।उनीहरुको आन्दोलनमा विद्यार्थी सगठनहरुले समेत सहमती जनाउदै एकयबद्धता जनाएका छन ।
उनिहरुले १९ विहिबार देखि विश्वविद्यालयका केन्द्रिय कार्यलय ,डिन कार्यलय,परिरक्षा नियन्त्रकको कार्यलय हरुमा अनिष्चीत कालीन तालाबन्दी गर्नुका साथै पुसेट लगायत विश्वविद्यालय अन्तर्गतका सम्पुर्ण क्याम्पसहरुमा तालाबन्दी गर्ने बताएका छन ।विद्यार्थी हरुले साउन २० गते देखि शुरु हुन लागेका परिक्षाहरु समेत बहिसकार गरने निर्णय गरेको श्रेष्ठले बताए ।
उनीहरुले उनीहरुले विश्वविद्यालयका सम्पुर्ण सनिकायहरुमा माग सहितको बोधार्थ पठाएको समेत बताए ।इस्टर्न इन्जिनियरिङ्ग कलेजमा अध्ययनरत बिद्यार्थीहरुले बुधबार विश्वविद्यालयको परीक्षा शाखामा तोडफोड गरेपछि  श्यामानन्द यादव, टेकेन्द्र कार्की, भिमनारायण माझी, शैलेश सिंंह, दिपेन्द्र शाह, राजेशकुमार माझी, संजिव काफ्ले र मेघराज ढकाल लाइ प्रहरिले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्