रबिन्द्र बराल
रंगेली फाल्गुन ७
बुधबार देखि रंगेली अस्पताल काे अाेपिडि, एमर्जन्सि , तथा अन्य सेव समेत सुचारु भएको छ । नवजात शिशु र सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको भन्दै आफन्त प्रदर्शनमा उत्रिएपछि मोरङको रंगेली अस्पताल मंगलबार तनावपुर्ण रहेको थियो । रंगेली–९ दोहमनाकी २५ वर्षीया रविना सरदार र उनीबाट जन्मिएका नवजात शिशुको सोमबार मृत्यु भएपछि सुरु भएको आन्दोलनले उग्ररुप लिएको थियो । मंगलबार अवेर सम्मकाे छलफल पछि छानबिन समिति गठन गरिएको छ ।
काेशी अन्चल अस्पतालका डाक्टर अन्जु देवकाे संयाेजक्तवमा डाक्टर जिवननाथ धिताल,डाक्टर मधुमिताल राभव , वडा अध्यक्ष केदार चन्द राजवंशी पिडित पक्षबाट रंजित सरदार , भुमिसुधार सरदार ,लक्ष्मी कामत छानबिन समिति रहेका छन् र यो समितिले साता दिन भित्र प्रतिवेदन प्रस्तुत गर्ने जनाइएको छ । रविनलाई सुत्केरी व्यथाले च्यापेपछि सोमबार बिहान अस्पताल भर्ना गरिएको थियो । बिहान १० बजे सामान्य प्रसूति मार्फत उनले दोस्रो सन्तानका रुपमा छोरा जन्माइन ।
चिकित्सकको लापरबाहीले आमा र शिशुकै मृत्यु भएको भन्दै आफन्त र परिवारका सदस्यले अस्पताल बाहिर नाराबाजी र प्रदर्शन थालेपछि अवस्था तनावग्रस्त बनेको हो । उनीहरुले सुत्केरी र शिशुको शव बुझ्न अस्वीकार गरेका थिए । मंगलबार राति १० बजे मृत महिलाको पाेष्टमाट का लागि बिराटनगर स्थित काेशि अञ्चल अस्पतालमा लगिएको छ ।