सेना दिवसमा नेपाली सेनाद्वारा स्वास्थ्य शिविर

<span class='c1'>सेना दिवसमा नेपाली</span> <span class='c2'>सेनाद्वारा स्वास्थ्य शिविर</span>

रगेली । महाशिवरात्रि तथा सेना दिवस को अवसरमा सुर्य दल गण थलाह ब्यारेक मोरङ ले निःशुल्क स्वास्थ्य शिविर को आयोजना गरेको छ । उक्त सिविरमा १५ सय जनाले स्वास्थ्य परिक्षण गराएका छन ।

सो शिविर का प्रमुख अतिथि प्रितना उपरथि अनन्त बहादुर कार्की ,२ नम्बर अड्डाका बाहिनी पति एन बहादुर ढकाल , सुर्य दल गण थहला का प्रमुख सेनानी रधुनाथ पौडेल, धनपालथान गाउँ पालिका का अध्यक्ष हरिलाल सिंह , ईलाका प्रहरी कार्यलय रंगेली का प्रहरी निरिक्षक लेखनाथ दहाल वडा अध्यक्ष लगायतको उपस्थिति समेत रहेको थियो । सिविरमा स्त्रीरोग ,नाक कान घाँटी,बाल रोग हाडजोर्नी तथा जनरल मेडिकल, उपचार लगायतकोे सेवा प्रदान गरिएको थियो । उक्त शिविरमा कोशि अञ्चल अस्पताल बिराटनगर ,लायन्स क्लव ,न्युरो अस्पताल बिराट आँखा अस्पताल लागायत १४ बटा अस्पताल हरुको सहयोगमा स्वास्थ्य शिविर गरिएको थियोे । सिविरमा बिरामिलाई निःशुल्क औषधि समेत वितरण समेत गरेका थिए ।

शिविर संगै बिपत ब्यवस्थापन गण सुन्दरी जलबाट आएको टोलिले गाउँ घरका सबै घरहरू मा ग्यास चुलो भएता पनि त त्यसबाट कुनै समयमा ठूलो अप्रिय घटना हुने भएको हुनाले यसबाट कसरी बच्ने भन्ने बारेमा समेत प्रयाक्टिकल समेत गरेर देखाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्